वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो । संक्रमणपछि ओम अस्पतालमा उपचारका क्रममा आज डा.शर्माको मृत्यु भएको थियो ।

ओम अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्मा नेपालका वरिष्ठ सर्जन थिए । Source:nagarikkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close