फिल्म ‘प्रसाद’ यूट्युब ट्रेण्डिगंको तेस्रो स्थानमा: ए मेरो हजुर पहिलो, साइली दोस्रो (फिल्मसहित)


काठमाडौं – फिल्म ‘प्रसाद’ यूट्युबमा सार्वजनिक भएको छोटो समयमा नै ट्रेण्डिगंको तेस्रो स्थानमा उक्लन सफल भएको छ । अभिनेता विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मूख्य भूमिका रहेको यस फिल्म बिहिबार यूट्युबमा सार्वजनिक भएसँगै यो समाचार तयार पार्दासम्म करिब १० लाखले हेरिसकेका छन् ।

छठ पर्वको अवसर पारेर युट्युबमा सार्वजनिक भएका यस फिल्म दुई वर्ष अगाडि प्रदर्शनमा आएको थियो । दिनेश राउतको निदेशनमा बनेको यस फिल्ममा जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा वाचन गरिएको छ ।

फिल्ममा विपिन र नम्रता श्रीमान – श्रीमतीको भूमिकामा छन् । यस फिल्मका्े सफलतापछि अहिले यसको निर्माण टिम सिक्वेलको पनि तयारी गरिरहेको छ । ‘प्रसाद’ को सिक्वेललाई सौरभ चौधरीले निर्देशन र सुभाष थापाले निर्माण गर्ने बताइएको छ ।

त्यस्तै ट्रेण्डिगंको शीर्ष स्थनमा अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ए मेरो हजुर ३ रहेको छ भने दोस्रो स्थानमा साइली रहेको छ । ए मेरो हजुर यो समाचार तयार पार्दासम्म १ करोड दर्शकले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close