अर्बपति मुकेशको जीवनशैली: उनका नोकरको तलबले नै बनाउछ चकित !


एजेन्सी , एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीबारे धेरै कुराहरु बाहिर आउँदैनन् । अम्बानीका नोकरहरुका छोराछोरी पनि विदेशमा अध्यन गर्छन् । रिलायन्स इन्डस्ट्रीजका सीएमडी मुकेश अम्बानी अहिलेको समयमा विश्वकै पाँचौं धनी व्यक्ति हुन् ।भारत सहित सिंगो एशियामा उनीसँग जति सम्पती छ त्यो अरुसँग छैन । उनी विश्वको सब भन्दा महँगो घरमा बस्छन् । यो घरको नाम एन्टिलिया हो । अम्बानीको घर मुम्बईमा रहेको छ ।उक्त घरमा ति कुराहरु उपलब्ध छन् जसको बारेमा हामी कल्पना गर्न मात्र सक्छौँ ।

के तपाईंलाई थाहा छ मुकेश अम्बानीको नोकरले कति तलब पाउँछन् ?एन्टिलियामा करिब ६०० नोकरहरू काम गर्छन् । जानकारी अनुसार मुकेश र नीता अम्बानी नोकरहरुमाथि आफ्नै परिवारको जस्तो व्यवहार गर्छन । यहाँ कार्यरत मुकेश अम्बानीका नोकरको दुई बच्चा अमेरिकामा पढिरहेको छन् भनेर थाहा पाउँदा कोही पनि छक्क पर्न सक्छन् ।लाइभ मिररका अनुसार एन्टिलियामा काम गर्ने कुनै पनि कर्मचारीको तलब ३ लाख २० हजार भन्दा कम छैन ।अम्बानीका नोकरहरुले पनि प्रत्येक महिना ३ लाख २० हजार भन्दा धेरै रूपैयाँ पाउँछन् ।

कर्मचारीको तलबमा शिक्षा भत्ता र जीवन बीमा पनि समावेश छ ।मुकेश अम्बानीलाई साधारण खाना मन पर्छ । परम्परागत गुजराती पकवान अधिकतम मुकेश अम्बानीको लागि बनाईन्छ । मुकेश अम्बानी पनि इडली सम्बार मन पराउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close