कोरोना विरुद्धको चिनियाँ खोप : परीक्षणमा सफल देखिएको चीनको दाबी


काठमाडौँ, ४ मंसिर । चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण सफल देखिएको छ । कोरोना भाइरस विरुद्धको खोपको परीक्षणमा सफलता मिलेको चिनियाँ अनुसन्धानकर्ताले दाबी गरेका छन् ।​

चरणचरणमा विभिन्न खोपको परीक्षण गर्दै आएको चीनले पछिल्ला परीक्षणमा सफलता मिलेको दाबी गरेको हो । परीक्षण धेरै खोपको गरिसकेको चीनले धेरै खोप मानिसमा समेत लगाइसकेको छ ।

Photo credit : bbc

बीबीसीले उल्लेख गरे अनुसार चीनले बनाएको सिनोभ्याक बायोटेक नामक समूहले तयार पारेको खोपले राम्रो काम गरेको छ । सात सय बढी मानिसमा परीक्षण गर्दा उक्त खोपले रोग प्रतिरोधी क्षमता बढाउने प्रतिक्रिया तिब्र रुपमा दिएको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिका र युरोपमा खोप परीक्षण सफल भइरहेका खबर सार्वजनिक हुँदा चीनलेसमेत सफलता मिलेको संकेत गरेको हो। Source:news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close