नेहा र रोहनप्रीत हनिमुनका लागि दुवई स्थित आलिशान होटलमा्, कोठाको एक रातकै मुल्य थाहा पाउँदा पर्नुहुनेछ चकित्


एजेन्सी । भर्खरै विवाह गरेका गायिका नेहा कक्कड र रोहनप्रीत सिंह यतिबेला हनिमुनमा छन् । उनीहरु हनिमुनका लागि दुबई पुगेका छन् । दुवईमा उनीहरु एक आलिशान होटलमा बसिरहेका छन् । सो होटलमा उनीहरु १० दिनदेखि बसेका हुन् ।

सामाजिक सञ्जालमा निकै रोमान्टिक तस्बिर सार्वजनिक गर्दै उनीहरुले आफ्ना फ्यानलाई पनि खुसी दिएका छन् । यिनीहरुसंगसंगै यिनीहरुले हनीमुनकालागी बुकिंग गरेको होटेको यतिबेला सोशल मिडियामा निकै नै चर्चा भईरहेको छ । नेहा र रोहनप्रीत दुबईको फाइभ स्टार होटल एटलांटिस द पाममा बसेका छन् ।

त्यो होटल जति आलिशान र सुन्दर छ । निकै महंगोमा पर्ने सो होटलका बारेमा अहिले सामाजिक सञ्जालमा समेत चर्चा भएको छ । सामान्य मानिसका लागि पहुच पुग्न नसक्ने आलिशान होटलमा नेहा र रोहनले भने त्यही होटेलमा आफ्नो हनीमुन मनाएका छन् ।

खबरका अनुसार नेहा र रोहनप्रीतले बुकिंग गरेको कोठाको एक रातको मुल्य १ लाख भन्दा धेरै रहेको छ । उनीहरु बसेको हुनाले होटेलले आफ्नो तर्फबाट सोशल मिडियामा धेरै तस्वीरहरु शेयर गरेको छ । जहाँ समुन्द्रको बीच देखि स्विमिंग पूल सम्मको व्यवस्था रहेको छ ।

होटलले नेहा र रोहनप्रीतको पनि धेरैभ फोटोहरु शेयर गरेको छ । उक्त फोटोमा नेहा र रोहनप्रीतको रोमान्टिक अन्दाजलाई कसरी क्याप्चार गरिएको छ सो कुरा पनि देख्न सकिन्छ । नेहाले शेयर गरेको होटलको तस्वीर पनि निकै नै आकर्षक देखिएको छ । नेहाले होटेलको बालकनी देखि लिएर रेस्टोरेन्ट सम्मकै तस्वीरलाई शेयर गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close