कोरोनाका कारण नेपालमा दुई वरिष्ठ चिकित्सकको निधन


काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म मृत्यु भएकहरुमध्ये ठूला चिकित्सकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको पूर्व निर्देशक तथा इशान अस्पतालका अध्यक्ष तथा बरिष्ठ बालरोग विषेशज्ञ डाक्टर नारायणबहादुर थापा र त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दैै कोरोना भाइरस संक्रमणका कारण झाको सोमबार र थापाको आइतबार मृत्यु भएको बताएको छ ।

कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई कोरोना संक्रमण भएको थियो । Source:khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close