कोरोना भाइरसको कहरः वुहानमा यसरी दिन काट्दैछन् नेपाली, एक युबा भन्छन खाने कुरा समेत छैन (भिडियो सहित)


बेइजिङ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण फिलिपिन्समा समेत एक जनाको ज्यान गइसकेको छ । चीनमा मात्रै आइतबार बिहानसम्म ३०४ जनाको मृत्यु भइसकेको छ । यसै वुहान प्रान्तमा पनि धेरै संख्यामा नेपालीहरु रहेका छन् । कोही पढ्नको लागि, कोही पेशागत शिलशिलामा त कोही घुम्नका लागि पुगेका नेपालीहरु सोही राज्यबाट अन्यत्र जान सकेका छैनन् । वुहानमा नेपाली सहित, अमेरिका, बेलायत, फ्रान्स, भारतलगायत अन्य देशका विद्यार्थीहरु अध्यायनरत छन् ।तर, वुहानमा गत सातादेखि नै सार्वजनिक यातायात सेवा बन्द भएको छ भने विमानस्थल पनि बन्द छ ।

नेपाली विद्यार्थीहरु भने बेइजिङस्थित नेपाली राजदूतावासको सम्पर्कमा छन् । दूतावासले विद्यार्थीहरुलाई कोरोना भाइरसको बारेमा सचेत गराइरहेको छ । वुहानमा बसेका नेपाली समूदायहरुले पनि एउटा समूह बनाएका छन् । उनीहरुले आफ्नो जानकारी उक्त समूहलाई निरन्तर रुपमा दिने र समूह पनि राजदूतावासको सम्पर्कमा छन् । राजदूतावासले भनेको कुराहरु विद्यार्थीहरुले मानिरहेका छन् । त्यस्तै, विश्वविद्यालयहरुले सुरक्षाको लागि हात धुने ह्याण्डवास, रुम स्प्रे, मास्क, चकलेट बदामहरु सम्भव भएसम्म उपलब्ध गराएका छन् । विद्यार्थीहरुको भिड हुने विश्वविद्यालयको पुस्तकालयमा विद्यार्थीहरुको संख्या निकै न्युन छन् ।

स्थानीय विद्यार्थीहरु चिनियाँ नयाँ वर्ष मनाउन गएका छन् भने विदेशी विद्यार्थीहरु भने विश्वविद्यालयको ‘ड्रोमेट्री’मा मात्रै सीमित भएका छन् ।ब्यस्त हुने मलहरु सुनसान छन् । घरमा अत्यावसेक कुराहरुको अभाव भएपछि मात्रै मानिसहरु बाध्य भएर किनमेलमा निस्कने गरेका छन् । बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्न लगाइएको छ । डिपार्टमेन्ट स्टोरहरुमा पनि सामानहरुको अभाव हुन थालेको छ । मानिसहरुले एकैपटक धेरै सामान खरिद गर्ने हुनाले सामानको अभाव हुन थालेको हो । त्यस्तै, सामानहरुको मागको कारण प्रायः खाद्य पदार्थको भाउ बढेको छ । कोही बाहिरबाट घरमा आएपछि सिधै हात धुन पुग्छन् ।

अमेरिका, अष्ट्रेलिया, रसिया, जापान, पाकिस्तान र इटालीले चीनबाट आउने यात्रुहरुमाथि प्रतिबन्ध लगाइसकेका छन् । बन्धकजस्तै जीवन बिताउन परेपछि नेपालीसहित अन्य देशका मानिसहरुले विभिन्न जुक्ति लगाउन थालेका छन् । शारीरीक रुपले बलियो मानिसलाई भाइरसको संक्रमणको सम्भावना कम हुने हुनाले शारीरीक व्ययाम गर्दै, भीपीएन प्रयोग गरेर चीनमा प्रतिबन्धित फेसबुक, युट्युबलगायतका सामाजिक संजालहरु चलाउँदै बसिरहेका छन् । किताब पढ्ने, योगा ध्यान गर्ने काममा पनि ट्र्यापमा पर्नेहरु सक्रिय छन् । हरेक पटक कोरोना भाइरसका डरलाग्दा समाचारहरु आउँदै जाँदा उनीहरुलाई थप चिन्ता पर्ने भएपछि समाचारबाट पनि टाढा हुन खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button