जुम्लाको सिञ्जामा हावाबाट विजुली निकालियो


जुम्ला, १९ माघ । हावाबाट विद्युत उत्पादन नयाँ प्रविधि थिएन÷होइन् । तर, यही कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नै हाँस्यपात्र बन्नुभयो ।

अहिले हावाबाट विद्युत उत्पादनको लहर चल्न थालेको छ । धेरै ठाउँमा अध्ययन जारी रहँदा जुम्लाको सिञ्जा गाउँपालिका भने उत्पादनमै पछिल्लो उदाहरण बनेको छ ।

सिञ्जा गाउँपालिकामा अहिले उज्यालो बनेको छ । अर्थात् हावाबाट विद्युत निकालिएपछि गाउँ झलमल बनेको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सिञ्जा गाउँपालिकाको आर्थिक सहयोगमा ८० किलोवाट बिद्युत निकालियो । वैकल्पिक उर्जा केन्द्रको ४ करोड र सिञ्जा गाउँपालिकाको ५५ लाख रुपैयाँ लागतमा राइके डाडाँमा गरी ८० किलोवाट विद्युत उत्पादन भएको हो ।

यसबाट १ हजार ३ सय घरले बत्ति बाल्न पाएका छन् । टुकी बाल्न बाध्य सिञ्जाका स्थानीय विद्युतीय बत्ति बाल्न पाउँदा हर्षित छन् । उनीहरुले टिभी÷कम्प्युटर समेत सहजै चलाउन पाएकोमा खुशी व्यक्त गरे ।

सिञ्जाका स्थानीयले साना लघुजलबिद्युतबाट वर्षौं पहिलेदेखि बिद्युत निकाल्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । साना जलबिद्युतबाट बिद्युत निकाल्न सफल नभएका स्थानीयहरु वैकल्पिक उर्जा केन्द्र संगको सहर्काय विद्युत निकाल्न सफल बनेका हुन् ।

हावाबाट निकालेको ८० किलोवाट विद्युत अहिले ३ वटा वडामा मात्र वितरण गरिएको छ । पछि अन्य वडामा पनि विस्तार गर्ने स्थानीयपालिकाको तयारी रहेको छ । Source:News24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button