कार्यकक्षमै ढ’ले’को अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्स महेन्द्रनगरका म्यानेजरको निधन


कार्यकक्षमै ‘ढ’ले’को अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्स महेन्द्रनगरका म्यानेजरको निधन भएको छ। शुक्रबार दिउँसो कार्य कक्षमा ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्सका म्यानेजर बैतडीको सुर्नया गाउँपालिकाका ३५ वर्षीय गणेश साउँदको निधन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले कार्यकक्षमै ढलेको अवस्था भेटिएका साउँदको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा निधन भएको बताए।

साउँद वान्ता गरी ढलेको अवस्थामा भेटिएको खबरपछि उद्दार गरेर उपचारका लागि धनगढी पठाइएको भएपनि शुक्रबार साँझ उनको निधन भएको प्रहरी नायब उपरिक्षक थापाले बताए। मृ’ तकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

यो पनि , आइसोलेसनबाट फरार थुनुवा प’क्राउ, काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले प’क्राउ परेको छ ।

‘चो’री मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हा’मफालेर फ’रार भएका थिए । उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close