आज एकैदिन ३१६७ जनामा कोरोना संक्रमण पुष्टि , कुन जिल्लामा कति थपिय ?(भिडियो)


काठमाडौं, कार्तिक १ गते : शनिबार नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा १ हजार ८ सय जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । अहिले देशभर ३८ हजार ७ सय ३७ जना संक्रिय संक्रमित छन् ।

हाल ४ हजार ७ सय १५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज मात्रै कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close