आज एकैदिन ३७४९ जनामा कोरोना संक्रमण पुष्टि , कुन जिल्लामा कति थपिय ?(भिडियो)


काठमाडौं, असोज २९ गते : बिहिबार नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । अहिले देशभर ३६ हजार ५ सय ३३ जना संक्रिय संक्रमित छन् ।

हाल ४ हजार ८ सय २५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज मात्रै कोरोनाको कारण १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६५ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close