इन्स्टाग्राममा रोनाल्डाेकाे २० कराेड फलाेअर्स, मेस्सी र नेयमारकाे कति ?


काठमाण्डाै – पोर्चुगल तथा सिरी ए क्लब युभेन्टसका स्टार क्रिस्टयानो रोनाल्डाे सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्तिकाे पहिलो नम्बरमा परेका छन् ।

इन्स्टाग्राममा रोनाल्डाेको २ सय मिलियन अर्थात् २० कराेड फलोअर्स पुगेको छ । यस्तै उनीपछि इन्स्टाग्राममा धेरै फलोअर्स हुने व्यक्तिकाे दोस्राे नम्बरमा अङ्ग्रेजी गायिका अरिआना ग्रान्ड छिन्, उनको इन्स्टाग्राममा कुल १ सय ७३ मिलियन फलोअर्स रहेका छन् ।

त्यस्तै यो सूचीको तेस्रो नम्बरमा रेस्लर तथा फिल्म निर्माता रक जोन्सन रहेका छन् । उनको इन्स्टाग्राममा कुल १ सय ७० मिलियन फलोअर्स रहेका छन् । त्यस्तै अर्का चर्चित खेलाडी बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी १ सय ४१ मिलियन फलोअर्ससहित ८औँ स्थानमा छन् ।

पीएसजी तथा ब्राजिलियन खेलाडी नेयमार १ सय ३२ मिलियन फलोअर्ससहित १०औँ स्थानमा रहेका छन् ।

प्रतिवेदनका अनुसार रोनाल्डाेले इन्स्टाग्रामबाट वर्षमा ४७ मिलियन डलर कमाइ गर्छन् । जबकि उनले फुटबलबाट ३४ मिलियन डलर कमाइ गर्छन् । इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्राे नम्बरमा मेस्सी रहेका छन् । उनले वर्षमा इन्स्टाग्रामबाट २३ मिलियन डलर कमाइ गर्ने प्रतिवेदनले देखाएको छ । Source:Ujyaaloonline

Leave a Reply

Your email address will not be published.

Back to top button