आज एकैदिन ४०४७ जनामा कोरोना संक्रमण पुष्टि ,आज कुन जिल्लामा कति थपिय ?(भिडियो)


काठमाडौं, असोज २६ गते : सोमबार नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा १ हजार ४ सय ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । अहिले देशभर ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमित छन् ।

हाल ४ हजार ८ सय ७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज मात्रै कोरोनाको कारण ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close