३० अक्टोवरमा लगनगाँठो कस्दै साउथकी चर्चित अभिनेत्री काजल अग्रवाल


काठमाडौं । साउथ फिल्मकी चर्चित एवं सुन्दर अभिनेत्री काजल अग्रवालले आफ्नो विहेको अनाउन्समेन्ट गरेकी छन् । अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा विहे गर्दै गरेको जानकारी गराएकी हुन् ।कोरोना महामारीका कारण परिवार तथा आफन्तहरुको उपस्थितिमा मुम्बईमा उनले विहे गर्न लागेकी हुन् । विहेपछि पनि आफूले आफ्नो दर्शकहरुलाई मनोरञ्जन दिइरहने बताएकी छन् । उनले आफ्नो दर्शकहरुलाई पनि निरन्तर साथ र सहयोगका लागि धन्यबाद दिएकी छन् ।

अभिनेत्री काजल साउथ फिल्म उद्योगकी सुपरस्टार हुन् । हिन्दी फिल्ममा पनि उनले आफ्नो अभिनयले सबैको मन जितिसकेकी छन् । अभिनेत्री काजल पछिल्लो १६ वर्षदेखि फिल्म उद्योगमा सक्रिय छन् ।उनले फिल्म ‘क्यों हो गए ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी लगातार साउथ फिल्ममा व्यस्त बनिन् । उनले अजय देवगनको फिल्म सिंघममा पनि काम गरेकी थिइन्, जहाँ दर्शकहरुले उनको अभियनको खुब तारिफ गरेका थिए ।त्यस्तै, उनले स्पेशल २६, दो लोफ्जों की कहानीलगायत बलिउड फिल्ममा काम गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close