यी हुन् परपुरुषसँग अ’वैध सम्बन्ध राखेर प्रेमीसँग मिलेर आफ्नै श्रीमानको ह’त्या गर्ने पापिनी !

विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको ह’त्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ ।परपुरुषसँगको अ’वैध सम्बन्ध चाल पाएपछि ३५ वर्षीया दयावती सरदारले प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारसँग एक सातादेखि नै योजना बनाएर श्रीमानको ह’त्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।विकासको श’व टाउकोमा पछाडि चो’ट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा गत माघ ६ गते सोमबार फेला परेको थियो ।
श्रीमतीको परपुरुषसँगको सम्बन्ध नै विकासको ह’त्याको मुख्य कारण रहेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।एसपी अधिकारीका अनुसार तीन जनाले विकासलाई गाउँतिर तास खेल्न जानु पर्छ भन्दै लगे । केही पर एकान्तमा लगेर राति १० बजे फलामको डण्डीले सुरुमा ललनले टाउकोको पछाडि प्र’हार गरेको उनको भनाइ छ । पहिलो प्रहारमै विकास ढलेपछि पालैपालो बद्री र मुकेशले पनि प्रहार गरेर गाम्छाले घाँटीमा कस्दै ह’त्या गरेर पानी जमेको खाल्डोमा लगेर फ्यालिदिएको प्रहरीको भनाइ छ ।
टाउकोमा हा’न्न प्रयोग गरिएको डण्डी लु’काएर राखिएको अवस्थामा प्रहरीले जुडी खोलाबाट ब’रामद गरेको छ ।प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेपछि उनले दिएको ब’यानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले पत्रकार स’म्मेलनमा जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार विराटनगरमा सार्वजनिक गर्दै उनीहरु वि’रुद्ध क’र्तव्य ज्या’न मुद्’दा च’लाउन म्या’द थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।source:esidhakura