पञ्जाबले टस जित्यो, यी स्टार क्रिकेटरले पाए प्लेइङ-११ मा मौका (LIVE VIDEO)
काठमाडौं: यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ म्याचमा गत सिजन विजेता मुम्बई इण्डियन्सविरुद्ध किंग्स इलावेन पञ्जाबले टस जितेर बलिङ रोजेको छ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ। पञ्जाबले आज एक खेलाडी परिवर्तन गरेको छ। उसले मुर्गन आश्विनलाई विश्राम दिँदै कृष्णप्पा गौतमलाई मौका दिएको छ।
यता मुम्बईले अघिल्लो म्याचकै प्लेइङ ११ मा मौका दिएको छ । जारी सिजनमा दुबै टिमले तीन म्याच खेल्दा समान एक खेलमा जित हासिल गर्दा दुई खेलमा पराजय ब्यहोरेका छन् ।
पछिल्लो पाँच खेलको आँकडा हेर्ने हो भने पञ्जाबले मुम्बईलाई दुई खेलमा पराजित गर्न सफल भएको छ । यो पटक पञ्जाबमा केएल राहुल कप्तान छन् । जो राम्रो लयमा देखिएका छन् ।
मुम्बईमा भने यो सिजनमा पनि रोहित शर्मा नै कप्तान छन् । जारी सिजनमा रोहितको ब्याट नचल्दा मुम्बईलाई असर पुगेको छ ।
मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह ।
पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, निकोलस पूरान, जिमी नीशम, सरफराज खान, रवि बिश्नोई, कृष्णप्पा गौतम, शेल्डन कोट्रेल र मोहम्मद शामी ।
भिडियो हेर्न यो फोटोमा थिच्नुहोस
