आफ्नै बुवालाई पक्राउ गर्ने एसएसपी , यस्तो थियो घ’टना !


दीपेन्द्र राई ,दोस्रो संविधानसभा नि’र्वाचन तयारी चलिरहेको थियो । सरकारले कुरा सुनेन भनेर ज्येष्ठ नागरिकले आ’न्दोलन च’र्काउँदै लगेका थिए । काठमाडौंको कोटेश्वर केन्द्रित आ’न्दोलन मीनभवन सारियो । त्यहाँ जहिल्यै ध’र्ना । जहिल्यै ना’राबाजी । त्यसको ने’तृत्व शिवप्रसाद ढकालले गर्दै आएका थिए ।आ’न्दोलन चर्कंदै गयो । आ’न्दोलनको प्रकृति प’रिवर्तन हुँदै गयो । ‘त्यो दिन ?,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा एसएसपी भीमप्रसाद ढकालले सम्झे, ‘मंसिर २६ गते हुनुपर्छ ।ज्येष्ठ नागरिकले मीनभवनको सडकमै सु’तेर आ’न्दोलन गर्नुभयो ।

सडक अ’वरुद्ध भएको पाँच मिनेटपछि मलाई खबर आयो । तत्काल मिनभवन पुगें ।’आ’न्दोलित ज्येष्ठ नागरिकलाई नेपाल कमर्स क्याम्पस मीनभवनका विद्यार्थीले साथ दिएका थिए । ‘५०–६० जना ज्येष्ठ नागरिकले सडकमै सु’तेर बाटो अ’वरुद्ध गर्नुभएको थियो,’ एसएसपी ढकालले सुनाए, ‘बुबाको ने’तृत्वमा उहाँहरू सडकमै सु’तेर ल’म्पसार पर्नुभएको थियो । बुबा बीचमा हुनुहुन्थ्यो । विद्यार्थीले प्रहरीलाई पस्न नदिने भनेर ज्येष्ठ नागरिकलाई घे’रा हा’लेर राख्नुभएको रहेछ ।’ विद्यार्थीलाई स’म्झाइ–बुझाइ गरेर उनले घेरा तो’डे । सर्वप्रथम बुबालाई सम्झाए ।

मा’ग पूरा नभइन्जेल आ’न्दोलन जा’री राख्ने बुबाले अड्’डी कसे । उनले १५ मिनेटजति स’म्झाइ–बुझाइ गर्ने असफल प्रयास गरे ।त्यतिबेला मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए । उनले अध्यक्ष रेग्मीलाई भेट्टाइदिन्छौं भने । त्यतिबेला काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरे थिए । ‘उहाँलाई सेटबाटै कल गरें । उहाँले अध्यक्ष रेग्मीसँग भेटघाटका लागि समयसमेत तय गर्नुभयो,’ उनले थपे, ‘र पनि, उहाँहरू मान्नुभएन । उहाँहरूको आठ–दसवटा माग थिए । सबै माग पूरा नभएसम्म आ’न्दोलन जा’री राख्ने उहाँहरूको उ’द्घोष थियो ।’त्यतिबेलासम्म सडक अ’वरुद्ध भएको २५ मिनेट बितिसकेको थियो ।

काठमाडौंको मुटुको सडक २५ मिनेटदेखि अ’वरुद्ध हुँदाको असर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आ’न्दोलनकर्ताले कुनै हालतमा पछि न’हट्ने जि’किर गरिरहे । ‘मैले सडक अ’वरोध गर्न दिनु हुँदैनथ्यो । मसँग वि’कल्प थिएन,’ उनले विगत को’ट्याए, ‘अन्ततः बुवालगायत ने’तृत्वलाई पक्राउ गर्नुपर्‍यो । पक्राउ पर्दा बुवाले आ’क्रोश पोख्नुभयो । पक्राउ परेकालाई तीनकुने लगियो । उहाँहरूलाई एक घन्टा हि’रासतमा राखियो । हि’रासतमा बुवासँग बोलचाल भएन । आ’न्दोलनकर्ताले हि’रासतमा पनि बुवालाई घे’रा हालेर राखेका थिए । आ’न्दोलकर्ता एक घन्टापछि हि’रासतमुक्त भए ।

बेलुका घर पुग्दा बुवासँग भेट भएन ।’भोलिपल्ट बुवासँग भेट भयो । मैले नै बुवालाई बोलाएँ । ‘तैंले राष्ट्रका लागि निष्पक्ष काम गर्ने रै’छस् भनेर स’माजसेवी बुवाले ता’रिफ गर्नुभयो,’ उनले खुसी व्यक्त गरे, ‘तैंले गरेको काम ठीक छ ।मलाई धा’प मा’र्दै यस्तै गर्दै जानु भनेर आ’शिर्वाद दिनुभयो ।’त्यतिखेर नयाँबानेश्वर वृत्त इ’न्चार्ज भीमप्रसाद ढकाल थिए । आफ्नै बुवालाई पक्राउ गरेपछि तात्कालिक इन्चार्ज ढकाल चर्चामा आए । उनका बुवा शिवप्रसाद ढकाल अहिले पनि ज्येष्ठ नागरिकको वरिष्ठ उपाध्यक्ष छन् । ज्येष्ठ नागरिकको आन्दोलन हिजोआज पनि चलिरहेको छ ।आफ्नै बुवालाई पक्राउ गर्ने त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज भीमप्रसाद ढकाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button