कोइला खानीमा काम गर्ने म’जदुरकी छोरीले टपिन् विश्वविद्यालय, खुल्यो डाक्टर बन्ने ढोका


काबुल- कोइला खानीमा काम गर्ने म’जदुरकी छोरी साम्सिया अलिजादाले अफगान विश्वविद्यालय प्रवेश परीक्षामा स’र्वाधिक अंक प्राप्त गरेकी छन्। १ लाख ७० हजारभन्दा बढी प्र’तिस्पर्धी विद्यार्थीलाई पछि पार्दै १८ वर्षीया सा’म्सिया अ’लिजादाले सर्वाधिक अंक प्राप्त गरेको त्यहाँको शिक्षा मन्त्रालयले उल्लेख गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ। अब उनी का’बुल मे’डिकल युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गर्ने भएकी छन्। अफगानी सरकारले तालिबानी इ’स्लामिक सै’न्य स’मूहसँग वार्ता गरिरहेको समयमा सन् १९९७ देखि २००१ बालिकाहरूलाई विद्यालय जान ब’न्देज लगाइएको थियो।

त्यसका लगत्तैका वर्षमा औपचारिक शिक्षा थालेकी अ’लिजादाले सन् २०२० को विश्वविद्यालय प्रवेश परीक्षामा सर्वाधिक अंक प्राप्त गर्न सफल भएकी हुन्। अलिजादका अनुसार उनका बुबाले देशको उत्तरी क्षेत्रमा पर्ने कोइलाखानीमा म’जदुरी काम गर्छन्। तर छोरीको शिक्षामा असर नपरोस् भनेर उनले आफ्नो परिवारलाई राजधानी का’बुल सा’रेका थिए। अलिजादाले आफ्नो पढाइमा प्रतिकूल राजनीतिक अवस्थालाई प्र’वेश गर्न दिइनन्। ‘ता’लिबानको क’मब्याक होला कि भनेर मलाई ड’र त लाग्थ्यो। तर म हि’म्मत हा’र्न चाहन्नथेँ। किनभने मेरा सपना ड’रभन्दा धेरै ठूला थिए।’

‘मलाई यो स्थानसम्म ल्याइपुर्‍याउने मरो परिवारप्रतिको जि’म्मेवारी पनि बो’ध गरेकी छु। डाक्टर बनेर जनताको सेवा गर्ने सपना बुनेकी छु,’ घरमै रहेकी अ’लिजादाले रोयटर्ससँगको फोन सम्पर्कमा भनेकी छन्। अहिले ता’लिबानीहरूले पनि ‘महिलालाई शिक्षा दिनु हुँदैन’ भन्ने पुरानो नीति परिवर्तन गरेको बताउने गरेका छन्। तैपनि यसप्रति आम महिलाको त्रा’स भने कम भएको छैन। संयुक्त रा’ष्ट्रसंघीय निकायहरूका अनुसार अ’फगानिस्तानमा अझैपनि २२ लाखभन्दा बढी बालिका विद्यालयभन्दा बाहिर नै छन्। ३० प्रतिशतभन्दा पनि कम मात्र महिला शिक्षित छन्।

अ’लिजादाले सर्वाधिक अंक प्राप्त गरेपछि पूर्व राष्ट्रपति ह’मिद का’रजाईले ब’धाई दिएका छन्। यसका साथै अमेरिकी दूतावासका प्रमुखलगायतले पनि उनलाई ब’धाइ दिएका छन्। ‘तपाईंको प्रतिभा र अ’नुभूति न’कार्न नसकिने खालका छन्। तपाईका उपलब्धिले पछिल्ला दुई दशकमा अ’फगानिस्तानले कति प्र’गति गरेको छ भन्ने देखाएको छ,’ अमेरिकी दूतावासका प्रमुख रोस वि’ल्सनले ट्विटरमा लेखेका छन्। पूर्वराष्ट्रपति ह’मिद का’रजाईले अ’लिजादाको सफलता ‘अफगानिस्तानको उज्वल भविष्यको आ’शाको संकेत भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close