सन्दीपले आज पनि पाएनन् मौका


काठमाडौं: यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाउन असफल भएका छन्।

दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइ ११ मा मौका नपाएका हुन्।

दिल्लीले आज टिममा २ खेलाडी परिवर्तन गरेको छ। उसले रविचन्द्रन आश्विनको स्थानमा अमित मिश्रा र मोहित शर्माको स्थानमा आवेश खानलाई मौका दिएको छ। दिल्लीले आज पनि टस हारेर ब्याटिङको मौका पाएको छ।

दिल्लीको प्लेइङ ११ः शिखर धवन, पृथ्वी शा, शिमरोन हेटमायर, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिक नोर्किया र आवेश खान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close