संक्रमित भन्दा निको हुनेको संख्या बढी,एकैदिन देशभर १ हजार ८ सय ९३ संक्रमित निको भए


काठमाडौं, ७ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ९३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय ९३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ७ प्रतिशत हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय १४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ४ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ९ हजार १ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close