आज एकैदिन ११७२ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिय (भिडियो)


काठमाडौं, असोज ७ : बुधबार नेपालमा थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । अहिले देशभर १७ हजार ४ सय १४ जना संक्रिय संक्रमित छन् ।

हाल ७ हजार १ सय ४ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज मात्रै कोरोनाको कारण ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close