यिनी हुन् ‘आमाको साथी हुँ’ भन्दै फकाएर २२ बालबालिकाका कानका मुन्द्रा चोर्ने महिला


काठमाडौ । काठमाडौमा एक अनौठो घटनामा संलग्न भएको अभियोगमा महिला पक्राउ परेकी छन् । काठमाडौमा साना बालबालिकालाई फकाएर उनीहरुले कानमा लगाएका सुनका मुन्द्रा चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो । ति महिलाले बालबालिकालाई म तिम्रो आमाको साथी हुँ भन्दै फकाएर विश्वास जितेर मुन्द्रा लैजाने गरेकी थिइन् ।

म्याग्दी घर भई बालाजुमा डेरा गरी बस्ने ३२ वर्षीया संगिता क्षेत्रीलाई महानगरीय प्रहरी बृत्त वौद्धले माकलवारीबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनले अहिले सम्म २२ बालबालिकाको मुन्द्रा चोरी गरिसकेकी छन् । उनले बालबालिकालाई चकलेट, आइसक्रिम दिएर आमाको साथी हुँ भन्दै प्रलोभनमा पार्ने र नभए डर देखाएर उनीहरुले कानमा लगाएको मुन्द्रा चोर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनले लुटेका मुन्द्रा खरिद गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ। लुटिएका सुनका मुन्द्रा खरिद गर्ने ३० वर्षीय मुरली विक पनि पक्राउ परेको प्रहरीले जनाएको छ । काभ्रे घर भएका विक ललितपुरको सौगलमा डेरा गरी बस्ने गरेका छन् । उनले चोरी गरेका गहना सस्तोमा किन्ने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनको पसलबाट प्रहरीले चुटिएको सुनको सिक्री र गालेको गरी १ सय २३ लाल सुन बराबद गरेको छ।

ती महिलाले हालसम्म मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा, स्युचाटार, गोठाटार, पानी ट्याङ्की, महांकाल ओरालो, आरुबारी, शिवचोक, नारायणटार र मिलनचोकका २० बालबालिकाका अविभावकले मुन्द्रा लुटेको गुनासो प्रहरीमा गरेका थिए। Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close