सुशान्त घटनामा श्रद्धा र सारापछि तानिइन् दीपिका पादुकोण, बयानका लागि बोलाउँदै प्रहरी


काठमाडौं। सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा ड्र ग्स को एंगलवाट अनुसन्धान सुरु गरेको प्रहरीले बलिउडका चर्चित नायीकाहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । अभिनेता सुशान्त सिंह राजपूतको निधन घटनामा ड्र ग्स जोडिएको भन्दै त्यसै अनुसार अनुसन्धान गर्न प्रहरीलाई दवाव परेको छ ।

प्रहरीले सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । रियाले बलिउडका चर्चित १५ कलाकारको नाम लिएकी छन् । उनको वयानमा लिएको नाम अनुसार प्रहरीले उनीहरुलाई पनि अनुसन्धानका लागि वयान लिने भएको छ ।

यो घटनामा एकपछि अर्को सेलिब्रेटीहरुको नाम आइरहेको छ । भारतिय मिडियाका अनुसार एनसीबीले जाँच गर्ने क्रममा यस के समा दीपिका पादुकोणको पनि संलग्नता रहेको देखिएको छ ।

केही दिनअघि श्रद्धा कपूर, रकुल प्रीत सिंह र सारा अली खानको नाम पनि जोडिएको थियो । दीपिकाले यस च्याटमा करिश्मा नाम गरेकी युवतीलाई ड्र ग्स अर्डर गरेको देखिएको बताइएको छ । यस घटना अनुसन्धान गरिरहेको एनसीबीले दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई अहिले सोधपुछ गरिरहेको छ ।

दीपिकाले आफ्नो नाम पनि जोडिएपछि कानुनी परामर्श सुरु गरेकी छन् । एनसीबीले पनि दीपिकालाई आउँदो हप्ता सोधपुछको लागि पत्र पठाउने तयारी गरेको भारतिय मिडियामा बताइएको छ । त्यस्तै सारा, रकुल र श्रद्धालाई पनि आजभोलीमा नै एनसीबीले सोधपुछको लागि पत्र पठाउन सक्ने बताइएको छ । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close