प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : का’नुनअनुसार ममाथि के का’रवाही हुन्छ त्यो स्वी’कार गर्छु


काठमाडौँ । अ’भद्र व्यवहार मु’द्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ ।सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरु सँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने का’रवाही स’हर्स स्वी’कार गर्ने बताइन् ।उनले भनिन्, ‘का’नुनलाई सहयोग गर्न आएकी हुँ ।वहाँहरुले सौ’हार्दपूर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिनुभयो। कानुन भन्दा माथि कोही पनि छैन ।

का’नुनअनुसार ममाथि के का’रवाही हुन्छ त्यो सहर्स स्वी’कार गर्छु । कानुनलाई कसैले न’मिचौँ भन्न चाहन्छु ।’त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दु’र्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उ’जुरी दिएकी थिइन् ।माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भ’नाभन भएको थियो । भ’नाभन भएपछि राउतले त्यसबारे अ’सन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।भिडियोमा राउतले आफूमाथि दु’र्व्यवहार भएको दा’बी गर्दै प्रहरीलाई गा’लीगलौच गरेकी थिइन् । Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button