हराएका सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ अब अनलाईन फारम भरेर लिन सकिने


काठमाडौं, ५ असोज । हराएका सवारी चालक अनुमतिपत्र लाइसेन्स अब अनलाईन फारम भरेर लिन सकिने भएको छ । प्रवित्रिमैत्रि बनाउदै लौजाने उदेश्यले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन लिनसक्ने व्यवस्था मिलाइएको छ । हाल दैनिक २ सयभन्दा बढिले आवेदन दिइरहेको ट्राफिक प्रहरी महाशाखाले जानएको छ ।

फारम भर्नका लागि ट्राफिक डट नेपाल पुलिस डट जीओभी एनपीमा गएर तोकिएको निर्देशन अनुसार फारम भर्नसकिनेछ ।

सिफारिस लिन अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close