ताप्लेजुङ आउन जहाजको टिकट काटेका चार यात्रुलाई कोरोना


ताप्लेजुङ । ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि नियमित उडान सुरु आन्तरिक उडान सुरुभए संगै ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि सिता एयरले उडान सुरु गरेको छ ।कोभिड १९ का कारण चैतदेखि बन्द रहेको आन्तरिक उडान पुन सञ्चालन गर्ने सरकारको निर्णय पछि पहिलो पटक सीता एयरले काठमाण्डौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार आएको छ । कोरोना संक्रमणलाई विशेष ध्यान दिदै यात्रुको पीसीआर जाँचदेखि अन्य स्वास्थ्य सुरक्षाका आवस्यक उपाय अपनाएर नियमित उडान सुरु गरिएको सिता एयर प्रालिका रिजेस थापाले बताए ।

थापाका अनुसार काठमाण्डौबाट अन्यत्र उड्ने यात्रुलाई पीसीार जाँच अनिवार्य गरिएको छ । पीसीआर जाँचका लागि सीता एयरले ५ सय रुपैँया छुट समेत गराएको छ । जाँचका लागि बाँकि खर्च यात्र आफैँले बेहोर्नुपर्छ ।सोमबार ताप्लेजुङ आउने तयारीका साथ टिकट गरेका १० मध्ये ४ जनाको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनिहरु काठमाडौंमै रोकिएका छन् । सरकारले यात्राका लागि पिसिआर जाँच अनिवार्य नभनेको भए पनि स्वास्थ्य सुरक्षाका लागि सीता एयरले भने सतर्कता अपनाएको हो ।

यता संक्रमणका कारण लामो समय बन्द रहेको सुकेटार विमानस्थलमा उडान सुरु भएसंगै यहाँको स्वास्थ्य सुरक्षामा समेत विशेष ध्यान दिईएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सुर्यबहादुर खत्रीले बताए ।सिता एअरले गएको मंसिरदेखि सोमबार र शुक्रबार नियमित कामाण्डौ ताप्लेजुङ उडान सुरु गरेको थियो । लामो समय पछि पुन उडान सुरु भए पछि सोमबार ताप्लेजुङबाट ७ जना यात्रु लिएर जहाज फर्किएको छ । सिता एअरले अब हप्ताको दुई दिन सोमबार र शुक्रबार नियमित काठमाडौं ताप्लेजुङ उडान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close