वर्षौं पहिले गाडेको सुनका सिक्का भेटियो, अनुसन्धान गरिँदै


एजेन्सी । इजरायलमा पुरावशेष प्राधिकरण (इजरायल एन्टिक्विटिज अर्थरिटिज) ले सार्वजनिक गरेको सुचना अनुसार यस देशका केहि स्वयम्सेवक युवाले हजारौ बर्ष पुरानो खजानाको खोज गरेका छन् । उक्त खजानामा सयौं बर्ष पुरानो सुनको सिक्का रहेको छ ।

सयौं बर्ष पहिले कसैले एक मैदानमा निकै गहिरो खाल्डो खनेर गाडेको अवस्थामा रहेको सुनको सिक्कालाई इजरायलका युवा स्वयम्सेवकले उत्खनन गरेका हुन् । खजाना फेला परेसंगै सिक्काको अध्ययन थालिएको छ ।

भेटिएको सुनको सिक्काको मात्रा निकै धेरै रहेको खबर बाहिरिए पनि कति मात्रामा सिक्का थिए भन्नेबारे भने सुचना सार्वजनिक गरिएको छैन । भेटिएको सुनको बोरामा ४२५ भन्दा बढि सिक्का रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close