बझाङमा जेसिबी पल्टिँदा शिक्षकको ज्यान गयो


बुंगल : बझाङको बुंगल नगरपालिकामा आइतबार राति १२:३० बजे जेसीबी दु’र्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घा’इते भएका छन् ।मृ’त्यु हुनेमा बुङ्गल नगरपालिका १ झि’रगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहरा रहेका छन् भने बुंगल नगरपालिका ९ देउलीकोटका चालक २४ वर्षिय महेश खडायत, बुंगल १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घा’इते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको र सोही ठाउँमा बस्ने नरेन्द्र बोहरा भने स’कुशल रहेको प्रहरीले जनाएको छ ।

का’लंगा हा’इड्रो पा’वरले भाडामा लिएर सञ्चालन गरिरहेको जेसीबी तल्लो तह भन्ने स्थानमा प’ल्टिन गइ सडकबाट अन्दाजी ५० मिटर ख’सेको प्रहरीले जनाएको छ । पालिकाको वडा १ दहबगर कि’र्केट मै’दान नजिक सडकमा फसेको जि’प नि’काल्न गएको र जिप नि’काली ऐ’चुली ब’गर फि’र्ता हुने क्रममा राती करिब १२:३० बजे लु १ क १२७८ नम्बर्को जेसिबी सडक बाट करिब ५० मिटर तल ख’सेर दु’र्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close