ऊर्जा मन्त्रालयले भन्योः पूर्व जानकारीबिना बिजुली का’टिए तुरुन्त खबर गर्नुहोस्


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चि’न्तामा देखिन्छन्। दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग च’र्को रुपमा उठिरहेको छ। घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको छ।

हाल देशको कुनै पनि ठाउँमा लोडसेडिङ नरहेको जनाउँदै विनाकारण बत्ती गए त्यसको जिम्मेवारी ऊर्जा मन्त्रालयले लिने मन्त्री वर्षमान पुनको सचिलायले जनाउँदै त्यसबारे जानकारी दिन आग्रह गरेको हो। पुनः प्रेस विज्ञ दायानिधि भट्टले भने, ‘अहिले देशका कुनै पनि ठाउँमा बत्ती क’टौती भएको छैन। यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा ऊर्जाको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अ’नुरोध गरेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close