गर्भवती श्रीमतीको पेटमा छोरी छ भन्ने आशंकामा श्रीमानले का टे श्रीमतीको पेट


काठमाडौ । समाजमा कल्पना नै गर्न नसक्ने घटना हुन्छन् । गर्भवती अवस्थामा महिलालाई थप हेरचाह र मायाको आवश्यकता हुन्छ । तर एक महिलालाई भने छैटौं पटक पनि छोरी जन्माउन लागेको भन्दै पेट का टि एको छ । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको पेट का टे र छोरा हो वा छोरी हो भनेर हेर्न खोजेको बताइन्छ ।

घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी आएपछि श्रीमानलाई पक्राउ गरिएको हो । तर घटनावारे थप अनुसन्धान हुँदैछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँ सि याले का’टि’दि एको आरोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झ ग डा भइरहन्थ्यो । उनले अनितामाथि कु ट पि ट पनि गर्ने गर्दथ्यो । शनिबार पनि उनले अनितालाई नि र्घा त कु टे र हँ’सि’या’ले ह म ला गरे ।’

अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती गम्भीर छ । राजिव पनि उनीसँगै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close