दिल्लीले दियो पञ्जाबलाई मध्यम लक्ष्य, स्टोइनिसले गरे चौकाको वर्षा!


काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को आफ्नो पहिलो म्याचमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे । उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए ।

त्यस्तै, कप्तान श्रेयस अय्यरले ३९, ऋषभ पन्तले ३१, शिमरन हेटमायरले ७, रविचन्द्रन आश्विनले ४, अक्षर पटेलले ६, पृथ्वी शा ५, शिखर धवन शून्य रनमा आउट भए ।

बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, रबि बिश्नोई र सेल्डन कोट्रेलले एकएक विकेट लिए । दिल्लीबाट आइपीएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पहिलो म्याचमा प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् ।

दिल्लीले पञ्जाबविरुद्ध विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, एनरिच नोर्तजे र कागिसो रबाडालाई मौका दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close