गायिका आस्था राउतलाई वीर अस्पताल पुर्याइयो !

काठमाडौं ।केही दिन अघिमात्रै त्रिभुवन बिमानस्थलमा एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् ।उनी नातेदारसहित आज बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । परिवारको समन्वयमा उनी सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकी हुन् ।राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।
“प्रहरीको तर्फबाट अनुसन्धान पूरा भइसकेको छ,” काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदी भने, “जिल्ला सरकारी वकिलले बयान सकेपछि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउँछौं ।”आस्था र प्रहरीबीच अघिल्लो साता त्रिभुवन विमानस्थलमा भएको विवादपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । Source:Esidhakura