नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीको घरको मुल गेटमा ब’म भेटियो !


काठमान्डौ ,वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एमडी बसरूद्दिन अन्सारीको घरमा एकाबिहानै संकास्पद बस्तु फेला परेको छ। तर, अन्सारीले भने उक्त बस्तु ब’म नै हुनसक्ने सञ्चार माध्यमलाई जानकारी गराएका छन्। पानीटंकी ८ स्थित उनले घरको मुल गेटमा सोमबार बिहान कालो झोलामा संकास्पद बस्तु फेलापरेपछि जानकारी प्राप्त हुना साथ घटनास्थलमा अहिले पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह सहितका टोली पुगेको छ। अन्सारीको घर अगाडि अचानक कालो झोला देखा पर्दा सो क्षेत्रका स्थानीयसमेत त्र’सित भएका छन्।

बिहानको समय भएकाले अन्सारी सहित परिवारका अन्य सदस्यहरू घर भित्रै रहेको र उनीहरुलाई प्रहरीले पर्खालबाट बाहिर निकाल्ने प्रयास गरिरहेको पर्सा प्रहरीले जनाएको छ । स्थिति त’नावपूर्ण रहेको छ। यता पानीटंकी घनाबस्ती भएकाले सवारी अवागमनमा समेत रो’क लगाईएको छ ।उक्त शंकासपद बस्तु कसले राखेको भन्ने बारेमा कुनै जानकारी अहिलेसम्म प्राप्त नभएको एसपी राठौले जानकारी दिए। घटनास्थलमा अहिले सेनाको ब’म डि’स्पोजल टोली पुगीसकेकाले केही बेरमा थप जानकारी प्राप्त हुने एसपी राठौरले बताए । Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button