गायिका आस्था राउत प्रहरी नियन्त्रणमा !

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतवि’रुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी छन् ।आस्था राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा आज बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाल आए लगत्तै पक्राउ गर्ने तयारी गरेपछि आस्थाकाे परिवार उनलाई नेपाल फर्किए लगत्तै प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएकाे थियाे। उनी बि’रुद्द अभद्र व्यवहार सम्बन्धी क’सुरमा मुद्’दा चल्ने छ।
प्रहरीले उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा लचिलो बन्ने संकेत दिएको थियो। आस्था राउतलाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । आस्थाले विमानस्थलमा आफूमाथि दु’र्व्यवहार भएकाे माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो बाहिरिए थियाे। भिडियाे बाहिरिएपछि आस्थाले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्। पछि आस्थाले आफूले बोलेका कतिपय शब्दहरूले प्रहरी सं’गठनलाई चो’ट पुगेको भन्दै फेसबुक लाइभबाट माफ पनि मागेकी थिइन्।