करेन्ट लागेर २४ बर्षिय युवकको मृत्यु, एक घाइते


दैलेख, ३१ भदौ । करेन्ट लागेर दैलेखमा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको भैरबी गाउँपालिका–२ मा बिद्युत लाइन विस्तारको क्रममा करेन्ट लागेर सोहि ठाउँका २४ बर्षिय पुस्कर थापाको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँउदले बताउनुभयो ।

करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका २६ बर्षिय भूपेन्द्र थापा रहेको प्रहरी निरिक्षक साँउदले बताउनुभएको छ । घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको छ ।

बिद्युत बिस्तारको लागि गाड्न लागिएको पोल नजिकै रहेको तारमा प्रवाह भईरहेको विद्युत लाइनमा ढल्दा उनीहरलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । न्युज24नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close