आर्थिक अवस्था कमजोर हुँदा मृत्युसंग लड्दै १८ वर्षीय नरेश धामी


कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ७ गाउजीका १८ वर्षीय युवा नरेश धामी अहिले बेडमै सीमित छन् ।
विगत लामो समय देखि प्यारालाइसिसका सिकार भएका नरेश धामी लकडाउन र आर्थिक अवस्थाका कारण उनी बेडमै मृत्यु संग लड्न बाध्य भएका हुन् ।

लकडाउन अगाडि नेपालमा कतैबाट पनि उपचार नभएपछि भारतको लखनउको उपचार गर्दा स्वास्थ्यमा अलि सुधार भएपछि उनि घर फर्केका थिए । कोरोनाका कारण देशमा लकडाउन भएपछि सिमानाका बन्द भयो, सिमानाका बन्द भएपछि अलि राम्रो भएका नरेशलाइ थप उपचार गर्न भारत लौजान सकिएन र फेरी उनको हालत ज्यूँका त्यूँ भयो ।

आर्थिक रुपले पनि निम्न वर्गका धामी परिवारमा नरेश एक्लै छोरा हुन उनको उपचारमा २० लाख जति खर्च भइसकेको छ भने भएको खेत पनि अहिले बैंकमा धितो छ, उनका बुबाले भने । अब उनको उपचार कसरी गर्ने भनेर धामी परिवारलाइ यो दुखले पिरोली रहेको छ ।

बिगत ४,५ साल देखि नरेशकी आमाले नरेशको हेरचाह गरी राखेकी छन् । आखिर आमाको माया त हो दिनभरी उनको पालन पोषणकमा लागि रहेकी छन्, हुने खाने बेलामा छोरो बेडमै मृत्यु संग लडि रहेको हुँदा पनि आमा भने छोरो राम्रो हुन्छ भने आशामा छिन । भएको घर र खेत पनि बैंकमा राखेर छाेराकाे उपचार गरिहेका छन् नरेश दम्पत्ति तर अझै पनि रोग भने निको नभएका नरेशकी आमा धना देवी धामी बताउछिन् ।

औषधि नपाएर थला पढेका नरेशको बारेमा थाहा भएपछि भारतमा मात्रै उक्त औषधि मिल्ने हुनाले आफुले भारतीय एक ब्यक्तिलाइ सम्पर्क गरेर औषधि मगाएको नेपाली कांग्रेस महा समिति सदस्य हेमराज ओझाले बताउनु भएको छ ।

अहिले नागरिक सुशासन समाज कञ्चनपुरद्धारा नरेश धामी बचाउ अभियान चलाएका छन् नरेशको परिवारको दयनीय अवस्था रहेको हुनाले निजको जीवन रक्षाको लागि स्वच्छिक रुपमा आर्थिक सहयोग गरिदिन अनुरोध समेत गरेका छन । Source:news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close