थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिय (भिडियो)


काठमाडौं, भदौ ३० : मंगलबार नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा आज १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको कूल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

त्यस्तै, गएको २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । अहिले देशभर १५ हजार ७ सय ७९ जना संक्रिय संक्रमित छन् ।

हाल ७ हजार २ सय ५० जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज मात्रै कोरोनाको कारण ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close