जहाँ महिलाको लामो क’पाल हे’र्न कै लागि जान्छन् ८० हजार पर्यटक !


एजेन्सी – संसारमा वि’चित्रका घ’टना घटेका हामीले सुन्दै र देख्दै आएका छौं । मानिसहरुले आफ्नो गाउँ ठाउँको विकासका लागि अने तौर तरिका अपनाएको समेत पाइन्छ । चीनको एक गाउँमा पर्यटक भित्र्याउनका लागि त्यहाँका महिला हरुले औसत भन्दा लामो क’पाल पाल्ने गरेका छन् । चीनको आं’ग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो क’पाल भएका महिलाहरुको गाउँका रुपमा समेत प’रिचित बनेको छ ।

उक्त गाउँका अधिकांश म’हिलाहरु लामो क’पाल पाल्छन् । उनीहरुको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म हुने जनाइएको छ। महिलाहरुको लामो क’पालकै कारण यो गाउँ दु’नियामा च’र्चित छ । महिलाको कपाल हे’र्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेको बताइन्छ । यी महिलाहरुलाई ‘रेड याओ’ पनि भन्ने गरिन्छ ।

यहाँका महिलाहरुले प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित समेत हुन्छन् । यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँका नाममा गिनिज बुकमा रेकर्ड दर्ज गराइसकेको छ । सन् १९८७ सम्म त्यहाँका म’हिलाहरुले आफ्नो कपा’ललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महि’लाले पति र आफ्ना छोराछोरीको अ’गाडि मात्र कपाल दे’खाउने चलन थियो ।

कपाल नुहा’उँदा समेत नि’लो स्का’र्फले छो’पेर नु’हाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छो’प्ने परम्प’रा मात्र हटेन पर्यटक भित्र्याउने गति’लो माध्यम समेत बनेको छ। अहिले उक्त गाउँमा महि’लाको लामो कपाल हे’र्नकै लागि विभन्न देशबाट पर्यटक हरु जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close