नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी ललित भण्डारी दुर्घटनामा गम्भीर घाइते


कञ्चनपुर । नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी ललित भण्डारी दुर्घटनामा परी घाइते भएका छन् । आईतबार उनी चढेको मोटरसाईकल र मिनि ट्रक कञ्चनपुरको झलारी बजारमा एक आपसमा ठक्कर खाएर भण्डारी घाइते भएका हुन्।

आईतबार साँझ महेन्द्रनगरबाट झलारीतर्फ गईरहेको म २ प ४७०५ नम्बरको मोटरसाईकल र धनगढीबाट महेन्द्रनगरतर्फ आईरहेको से १ ख १३२४ नम्बरको मिनि ट्रक झलारी बजारमा एक आपसमा ठक्कर खाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाका अनुसार भण्डारीको टाउको, हात र कम्मरमा चोट छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । भण्डारीसँगै मोटरसाईकलमा सवार करन ठगुन्ना समेत घाइते भएको डिएसपी थापाले बताए । उनका अनुसार ट्रक चालक भने फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close