आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा को-को भिड्दैछन्?


जेन्सीः इन्डियन प्रिमियर लिग (आइपीएल)को खेल तालिका सार्वजनिक भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग खेल्नेछ।

उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ। यस्तै दोस्रो दिन नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ।

तेस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दा चौंथो खेलमा राजस्थान रोयल्सले चेन्नईसँग खेल्नेछ।

यस्तै पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ। कोरोना भाइरसको कारण आइपीएल युएईमा सुरु हुँदैछ। सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close