भगवान् विष्णुको अवतार हुन् श्रीराम


कठमाडौँ । हिन्दु धर्मालम्बीहरुको आस्थाको प्रतिक भगवान् रामको जन्म नेपालमा नै भएको भन्ने सरकारले दाबी गरेका बेला सरकारले प्रमाण् समेत जुटाउन लागिपरिरहेको छ । चितवनको माडी नगरपालिकाको ठोरीमा अयोध्या निर्माण गर्ने र रामको मन्दिर बनाउने प्रधानमन्त्रीले निर्देशन दिइसकेका छन् ।

भगवान विष्णुको अवतार भएका भनिएका श्रीरामबारे हामीले केही रोचक जानकारी दिन गइरहेका छौँ । विष्णुले राजा दशरथको दरबारमा एक मानिसको रुपमा जन्म लिएका थिए । रामले उच्च आदर्श, वचनबद्धता र कर्तव्यनिष्ठाको कारण मर्यादा पुरुषोत्तम कहलिएकाले भगवानको रुपमा पुजा गर्ने परम्परा नै हिन्दुधर्मालम्बीहरुमाझ रहीआएको छ । भगवान रामलाई पत्नी सीताको वियोग सहन परेको थियो ।

देवऋषि नारद मुनिले दिएको श्रापको कारण वियोग भोग्नु परेको धर्मग्रन्थमा उल्लेख छ । हनुमानले ब्राह्मणको रुप धारण गरेर श्रीराम भएको स्थानमा पुगेपछि भेट भएको थियो ।

कैकयीद्धारा राजा दशरथले आफ्नो छोरा रामलाई १४ वर्ष वनवास माग्नुको वास्तविक कारण थोरैलाई मात्र थाहा छ । वास्तवमा कैकयी रानी अश्रपतिको छोरी थिइन् । उनको शिक्षा दिने रत्नऋषि थिए । रत्नऋषिले कैकयीलाई दशरथको कुनै सन्तानले राजगद्दीमा बस्न नपाउने बताएका थिए । दशरथको निधनपछि कुनै सन्तान १४ वर्ष वनवास नगई गद्दीमा बसेमा रघुवंशको नाश हुने भविष्यवाणी गरेपछि उनी बनबासका लागि गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close