अर्थमन्त्री डा. खतिवडाद्वारा दुवै पदबाट रा’जिनामा, नयाँ अर्थमन्त्रीमा ज्ञवालीको चर्चा


१९ भाद्र २०७७, शुक्रबार काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज प’दबाट रा’जिनामा दिएका छन् । अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा. खतिवडाले आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटमा दुवै पदबाट रा’जिनामाको जानकारी गराएका छन् । मौखिक रुपमा राजिनामा दिइसकेको र आज साँझ लिखित रुपमा रा’जिनामा बुझाउने खतिवडाको सचिवालयले जनाएको छ ।डा. खतिवडाले रा’जिनामा दिएसँगै नयाँ अर्थमन्त्रीमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चर्चा सुरु भएको छ ।

वर्तमान मन्त्रिमण्डलका वि’वादरहित दुई पात्र खतिवडा र ज्ञवाली मध्ये अर्थमन्त्रालयको जि’म्मेवारी प्रदिप ज्ञवालीलाई दिन लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।उता, अर्थमन्त्रीको रुपमा चर्चा गरिएका नेकपाका महासचिव विष्णु पौडेलले मन्त्री नबन्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यस लगत्तै अब अर्थमन्त्रीमा ज्ञवालीलाई ल्याउने तयारी गरिएको जनाइएको छ ।उता, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै नयाँ अर्थमन्त्री नि’युक्त नगरी मौजुदा मन्त्रिपरिषदकै सदस्यलाई अर्थमन्त्रालयको जि’म्मेवारी दिन सक्ने सम्भावना समेत रहेको जनाइएको छ । Source:esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close