सन्दीपको टिम दुई खेल अगावै सेमिफाइनलमा


काठमाडौं, १९ भदौ : नेपाली क्रिकेटर सन्दीप लामिछानेआबद्ध जमैका तल्लावाज वेष्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज गायाना अमेजन वारियर्सविरुद्ध बार्बाडोस ट्राइडेन्स ६ विकेटले पारजित भएसँगै जमैका सेमिफाइनल प्रवेश गरेको हो ।

जमैकाले ८ म्याच खेल्दा ७ अंक जोडेको छ । तर, बार्बाडोसले भने ९ खेल खेल्दा ४ अंक मात्र जोड्न सफल भएको छ ।

यदि अब जमैकाले बाँकी दुबै खेल हार्दा पनि बार्बाडोसले समिफाइनल पुग्ने मौका पाउने छैन । बार्बाडोसले अब १ म्याच मात्र खेल्न बाँकी छ । उसले सो म्याचमा जित हासिल गरे पनि बार्बाडोसको अंक ६ मात्र हुनेछ । जबकी जमैकाको अहिले नै ७ अंक छ ।

आज बिहान बार्बाडोसले दिएको ९० रनको लक्ष्य गायानाले १२.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि चन्द्रपाल हेमराजले २९, शिमरोन हेटमायरले नटआउट ३२ र रस टेलरले अविजित १६ रन बनाए । बलिङमा बार्बाडोसका कप्तान जेसन होल्डरले २, मिचेल सान्टनर र रेमन रिफरले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । उसका लागि मिचेल सान्टनरले सर्बाधिक १८ रन जोडे ।

बलिङमा गायानाका इमरान ताहिर र रोमियो सेफर्डले सर्बाधिक ३/३ विकेट लिए । गायाना सेमिफाइनलमा पुगिसकेको छ । १० म्याचमा १२ अंक जोड्दै गयाना सेमिफाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close