भारतलाई सूचना चुहाएको आरोपमा श्रम मन्त्रीलाई बर्खास्त गर्ने तयारी !


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव नौ महिनामै बखास्तीमा पर्ने भएका छन्। उनलाई नेपालको गोप्य सूचना भारतलाई चुहाएको आरोपमा बर्खास्त गर्न लागिएको बिस्वस्त स्रोतले जनाएको छ । मन्त्री यादबले मुलुकको सूचना चुहावट गरेको बारेमा राष्ट्रिय अनुसन्धान बिभागले प्रधानमन्त्री समक्ष जानकारी गराएको स्रोत बताउँछ । यसबाट प्रधानमन्त्री ओली निकै गम्भीर भएको बताइएको छ।

मन्त्री यादबको कर्तुत थाहा पाउनेबित्तिकै प्रधानमन्त्रीसमक्ष उनलाई हटाउन दबाब परेको थियो । प्रधानमन्त्री ओली पनि उन्लाई तत्कालै हटाउन चाहन्थे । तर नेकपाभित्रको समस्या समाधान गर्नको लागि केही दिनभित्र मन्त्रिपरिषद पुनर्गठन गर्नु पर्ने भएकाले केही दिन समय लागेको बताइन्छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्न उद्दत भएका भारतीय मिडियाहरुले मन्त्री परिषदका कतिपय निर्णय नेपालमा सार्बजनिक नहुदै प्रसारण गरेका थिए । नेपालका मन्त्री, नेताहरु र नेपाल सरकारका अधिकारीसँग तय गरिएको चिनियाँ राजदुतको भेटघाटका बारेमा पनि भारतीय मिडियाहरुले जस्ताकै तस्तै प्रसार गरेका थिए । यो सूचना मन्त्री यादबमार्फत जाने गरेको बताइन्छ।

उन्लाई जति धेरै मन्त्रीपरिषदमा राख्यो, त्यति धेरै सूचना चुहावट हुने प्रधानमन्त्री ओलीको बुझाई रहेको स्रोतको दाबी छ।

उनी तत्कालीन श्रममन्त्री गोकर्ण बिष्टलाई प्रतिस्थापन गर्दै मंसिर ४ गते श्रममन्त्रीमा नियुक्त भएका थिए । पार्टी फेरिरहन माहिर यादब पूर्बमाओबादी पार्टीमा प्रबेश गरेका थिए । माओबादी र एमाले एकता भएर नेकपा बनेपछि उनी नेकपाका नेताका रुपमा कार्यरत छन्।

मन्त्री नियुक्त भएलगत्तै ३ महिनामा गरिने काम भन्दै २५ बुँदे कार्य सार्वजनिक गरे यादबले ती कुनै पनि काम गर्न सकेका छैनन् । यसले उनको कार्यसम्पादन स्तर पनि नाजुक रहकोमा प्रधानमन्त्रीको असन्तुष्टि रहेको छ।

मन्त्री यादवले सार्वजनिक गरेको २५ बुदे कार्यमा गत आवमा ६० हजार बेरोजगारलाई १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहहरुबाट रोजगार आयोजना सञ्चालन गर्ने कुरा समावेश थियो । तर उक्त आर्थिक बर्षमा उनले घोषणा गरेको कार्यक्रमबाट एक जनाले रोजगारी पाएनन्।

त्यसैगरी कृषि क्षेत्रमा रहेका श्रमिकहरुको अवस्था पहिचान गरी उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विधि एवम् प्रक्रियाको अध्ययन गरिने तथा बालश्रम, व्यवसायजन्य सुरक्षा एवम् स्वास्थ्य, न्यूनतम पारिश्रमिक भुक्तानी लगायतका श्रम ऐन नियमको परिपालना भए/नभएको बारे एक हजार उद्योग प्रतिष्ठानको अनुगमन तथा निरक्षण गर्ने पनि यादवले घोषणा गरेका थिए । यो नीति पनि कार्यान्वय भएन । वैदेशिक रोजगार सूचना प्रणालीमा सरोकारवालहरुको आवद्धता बढाउन थप परिमार्जन र परिष्कृत गरिने तथा ३ महिनाभित्र ओमानसँग द्विपक्षीय श्रम समझदारी गर्ने उनको योजना थियो । तर मन्त्री यादबले यतातिर पनि ध्यान दिएनन्। ई–आर्थिक

यो पनि पढ्नुहोस

सोह्र श्रा’द्ध आजदेखि सुरु, पितृऋणबाट मु’क्ति पाउने विश्वास

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्रा’द्ध अर्थात् पि’तृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा त’र्पण, सि’दादान र पि’ण्डदान गरी शुरु हुँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दि’वंगत पि’तृलाई सम्मानका साथ त’र्पण, सि’दादान र पि’ण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सो’ह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्रा’द्ध गरिन्छ ।चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्’धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सो’ह्रश्राद्ध गर्ने गरिएको हो ।

यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दि’वंगत पितृहरु पिण्ड, पानीको आशले म’त्र्यलोकमा झ’र्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाई छ ।यसरी सो’ह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दा’यित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मु’क्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि ना’न्दीमुखी श्रा’द्ध, पितृको मृ’त तिथिमा गर्ने ए’कोद्दिष्ट श्रा’द्ध, सोह्र श्रा’द्धमा गर्ने पार्वण श्रा’द्ध, सोह्र श्रा’द्धमा मृ’त्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्रा’द्ध, तीर्थमा गरिने तीर्थ श्रा’द्ध र बद्रीको ब्र’ह्मकपाल तीर्थमा गरिने ब्र’ह्म कपाली जस्ता श्रा’द्धहरु प्रचलित रहेका छन् ।यो पक्षमा श्रा’द्ध नगर्दा अ’क्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्रा’द्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सोह्रश्रा’द्ध अपराह्नमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको स’ङ्गमस्थल बे’त्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पि’तृप्रति श्र’द्धासाथ श्रा’द्ध गर्नेको भी’ड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट ब’च्न जारी नि’षेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्रा’द्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्रा’द्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्रा’द्ध गर्ने गरिएको हो । विश्वव्यापी रुपमा फै’लिएको कोरोना नेपालमा पनि यसले म’हामारीको स्वरुप ग्रहण गर्न थालेको छ ।

यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, नि’षेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्रा’द्ध सामग्रीको आवश्यकता पर्दछ ।कारणवश श्रा’द्ध रो’किँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्रा’द्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ ।

भदौको पितृपक्ष अर्थात् सोह्र श्रा’द्धमा कोरोनाकै कारण श्रा’द्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो ।यो समयमा पनि कारणवश सो’ह्र श्रा’द्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जु’राएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रो’किएको सो’ह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ ।

त्यसपछि पनि सो’ह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । कतिपय स्थानीय तहले भने कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्रा’द्ध गराउन पुरोहितहरुलाइ आ’ह्वान गरेका छन् । पितृ पक्षको स’माप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढि’लामात्र नेपालीको महान चाड शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close