पुतलीसडकमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक जना पक्राउ


काठमाडौं–एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । Source:Khabarhub

Leave a Reply

Your email address will not be published.

Back to top button