विद्यालयमा शिक्षक नेताको मासु र र’क्सी पाटी , विद्यार्थीलाई सास्ती नै सास्ती


राजकरण महतो,गौशाला : शिक्षक नेताहरुले विद्यालयमा मासु र र’क्सी पाटी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र खुलमखुला मासु र’क्सीको भोज गरिएको भेटिएको हो। अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन गौशालाका शिक्षक नेताले विद्यालयमा म’दिरा पाटी गरेका थिए। विद्यालयलाई अ’नुचित कार्यको लागि प्रयोग गरेको पाइएपछि गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको टोलीले स्थलगत अनुगमन गरेर का’रवाही प्रक्रिया सुरु गरेको छ।

भोज गरिएको घ’टना एक हप्ता अघिको हो। विद्यालयमा र’क्सी मासुको भोज गरेको भिडियो सार्वजनिक भएपछि चा’सो बढेको हो। शिक्षकहरु म’दिरामा ल’ठ्ठिएर अ’श्लिल गीतमा नाचेको र ता’स खेलेको भिडियोमा देखिन्छ। विद्यालय जस्तो प’वित्रस्थलमा म’दिरा पाटी गरिएको भन्दै नगरपालिकाले भोजमा सं’लग्नलाई का’नुन अनुसार का’रवाही गरिने जनाएको छ। मंगलबार नगरपालिकाका मेयर, नगरपालिकाका कर्मचारी, वडाअध्यक्ष, विद्यालय व्यवस्थापन स’मितिका पदाधिकारीहरु सम्मिलित बैठकले स्कुलमा र’क्सी र मासुको भोज खाएर कानुन वि’परित काम गर्ने शिक्षकलाई का’रवाहीको लागि नगर शिक्षा स’मितिमा पे’श गर्ने नि’र्णय गरेको छ।

पत्रकारको टोली पुग्दा विद्यालयको हाताभित्र म’दिराका बोतल, भोज खाएको जु’ठो प्लेट देखिन्थ्यो। विद्यालय परिसरमै फा’लिएको म’दिराको खाली बो’तलको छेउमा स-साना विद्यार्थी खुला चौरमा अध्ययन गर्नमा व्य’स्त थिए। कानुन अनुसार सार्वजनिक सं’घसंस्थाभन्दा दुई सय मिटर भित्र, जाँ’ड र’क्सी सेवा तथा बिक्री वितरण गर्न प्र’तिबन्ध छ। विद्यालयमा सञ्चालन भएको दिवा खाजाको भान्छाकोे भा’डाबर्तन, साउण्ड ब’क्स प्रयोग भएको बताइएको छ। शिक्षकले आ’योजना गरिएको सो भोजको भिडियोमा म’दिराले शिक्षकहरु ल’ठ्ठिएर भोजपुरी गीतमा नाचगान गरिरहेका देखिन्छ।

Leave a Reply

Your email address will not be published.

Back to top button