मूल्य बढ्यो यूरो र पाउण्ड स्टर्लिङको, अन्य देशको भने यस्तो छ


काठमाडौं-पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार घटिरहेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी डलर १ को विक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ भने खरिददर ११९ रुपैयाँ ६० पैसा रहेको छ। पाउण्ड स्टर्लिङ १ को खरिददर १५७ रुपैयाँ ४६ पैसा, विक्रीदर १५८ रुपैयाँ २५ पैसा रहेको छ। यूरोपीयन यूरोको मूल्य भने बढेको छ ।

गत मंगलबार १४० रुपैयाँ ४६ पैसामा कारोबार भएर शुक्रबारसम्म आइपुगदा यूरो १ को खरिददर १४१ रुपैयाँ ७१ पैसा पुगेको छ। विक्रिदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ। त्यसैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ८६ पैसा, विक्रीदर ८६ रुपैयाँ २९ पैसा रहेको छ ।कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा, विक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८९ पैसा, विक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । त्यस्तै यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा, विक्रीदर ३२ रुपैयाँ ७२ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ ५५ पैसा, विक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close