स्मिथको करिअरकै खराब रेकर्ड, दिक्क भए दर्शक


काठमाडौं। अस्ट्रेलिया र न्यूजिल्याण्डबीच जारी दोस्रो टेस्टमा अस्ट्रेलियाका स्टार ब्याट्सम्यान टिभ स्मिथले निकै खराब सुरुवात गर । यो उनको करिअरकै सबैभन्दा सुस्त सुरुवात थियो । सिड्नीमा जारी टेस्टको दोस्रो दिन स्मिथले आफ्नो खाता खोल्न ३९ बल खेल्नुपर्यो । स्मिथले ३८ बल खेलिसक्दा पनि रन बनाउन नसकेपछि उपस्थित दर्शक पनि दिक्क भइसकेका थिए ।

खाता खोल्नुअघि उनले ४६ मिनेटम्म ब्याटिङ गरिसकेका थिए । यसअघि स्मिथको सबैभन्दा ढिलो सुरुवात २०१४ मा भएको थियो । त्यतिबेला उनले १८ बलमा खाता खोलेका थिए । ४० औं ओभरको दोस्रो बलमा स्मिथले एक रन लिएर खाता खोले । एक रन लिएपछि स्मिथका साथ खेलाडी मार्कस लाबुस्चाग्नेले उनीसँग हात मिलाए । दर्शकहरुले उभिएर ताली बजाएपछि स्मिथ हाँस्न थाले । उनले हात उठाएर सबैलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button