प्रधानमन्त्री हुन चाहने युवाहरुलाई प्रधानमन्त्री ओलीको टिप्स (भिडियो)


काठमाडौं। बुधबार राजधानीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकाल, राजनीति जीवन र आफ्नो लक्ष्यबारे कुरा गरे। उनलाई प्रश्न सोधियो, ‘युवाहरुका इच्छाहरु अनेक हुन्छन्। हामिजस्ता यूवाहरु जो प्रधानमन्त्री हुन चाहान्छन् उनिहरुलाई हजुर कस्तो सुझाव दिन चाहानु हुन्छ?

प्रस्नको उत्तर दिँदै प्रधानमन्त्रीले कार्यक्रममा बोलेको कुरा जस्तातस्तैः

आज परिस्थिति बदलिएको छ। आज जनता सार्वभौम सत्ता सम्पन्न भएको छ। म तपाईहरु जस्तौ एउटा युवा अवस्थामा प्रवेश गर्दै गरेको अथावा नव युवा हुदा देशको अवस्था यस्तो थिएन। जनता सार्वभौम सत्ता सम्पन्न थिएन। तेस्तो अवस्थामा परिस्थिति बेग्लै थियो। आजका युवाहरुले त्यो परिस्थिति भन्दा भिन्न परिस्थिति भएकाले म पधानमन्त्री बन्छु भनेर सोच्न पनि सक्छ। र आफना उद्देश्यहरु कसैले डाक्टर बन्छु भन्ने कसैले इन्जिनियर बन्छु भन्ने। मेरो समयमा मेरो गाँउमा त डाक्टर इन्जिनियर बन्छु भन्ने पनि अवस्था थिएन। त्यो समय किनभने न डाक्टरीको पढाइ हुन्थ्यो न इन्जिनियरिङ्गको भरखर भरखर स्कुलहरु खुल्न थालेका थिए खुल्दै थिए त्यसो भएर त्यो अवस्था भिन्न थियो। अहिलेको अवस्था भिन्न छ।

युवाहरुले उद्देश्य लिनु पर्छ कोरा ढंगले उद्येध्य लिने होइन। महान उद्देश्य लिनु पर्छ। लक्ष्मिप्रसाद देवकोटाले भने जस्तो उदेश्य केलिनु उडि छुनु चन्द्र एक भने जस्तो। चन्द्रमा छुनेसम्मको उद्देश्य लिनु पर्छ। तर ति उद्देश्य लिनका निमित्त गर्न के पर्छ भने कुनै पनि सफलताका पछाडि इमान्दार प्रयासको आवश्यकता हुन्छ। राम्रो विद्यार्थी हुनु छ सफल हुनु छ भने राम्ररी पढनु पर्छ। राम्रो खेलाडी हुनु छ भने राम्ररी खेल्नु पर्छ इमान्दारीताका साथ खेल्नु पर्छ। राम्रो आर्टिस्ट हुनु छ भने इमान्दारीताका साथ आर्ट गर्नु पर्छ।

कुनै पनि कुरा गर्न एउटा गायक हुनु छ भने राम्रो अभ्यास गर्नु पर्छ रियाज गर्नु पर्छ। तालिम गर्नु पर्छ र इमान्दारीताका साथ गर्नु पर्छ। पढने बेलामा इमान देखाइएन भने पढाइप्रति छलछाम गरियो भने गम्भिर भइएन भने परिणाम राम्रो आउँदैन। लक्ष्य एका तिर काम एकातिर भयो भने, लक्ष्य चाँहि हिमाल चड्ने राख्यो। हिमालको चुचुरोमा पुग्ने राखौं तर बाटो चाहि ओरालो तिर लाग्यो भने त्यो चुचुरो तिर पुगिँदैन त्यसकारण म हाम्रा युवाहरुलाई के भन्न चाहान्छु भने उद्देश्य जे राखिन्छ। ठूलो उद्देश्य राख्नु पर्छ। तर उद्देश्य त्यो राखेपछि त्यहि उद्देश्य तिर फर्केर त्यहि उद्देशय तर्फको यात्रा इमान्दारीकाताका साथ गर्नुपर्छ र मेहेनत पूर्वक गर्नुपर्छ।

त्यसो गर्नु भयो भने त्यस उद्देश्यमा पुग्न सकिन्छ। हाम्रा युवाहरुले प्रधानमन्त्री हुन्छु भनेर मन्त्री हुन्छु भनेर म्यानेजर हुन्छु भनेर अथावा बैज्ञानिक हुन्छु भनेर वा डाक्टर हुन्छु भनेर इन्जिनियर हुन्छु भनेर ठुलो साहित्यकार हुन्छु भनेर कथाकार हुन्छु भनेर गायक हुन्छु भनेर जे सुकै पनि ठुलो खेलाडी हुन्छु भनेर गर्न सक्छुहुन्छ जे सुकै पनि तर त्यसबाटोमा इमान्दार प्रयास गर्नु पर्छ। इमान्दार प्रयास भएन भने त्यो किताव पल्टाएको छ। आमा आउनु भयो भने यसो पढेजस्तो गर्यो आमा जानु भयो भने फेरी बन्द गर्यो । त्यसो गर्यो भने पढाइ राम्रो हुँदैन। त्यसकारण मुख्य कुरा मैले भन्ने गर्छु इमान्दारीता सफलताको रहस्य हो। सफलताको रहस्य नै इमान्दारीता हो।

इमान्दार प्रयास गर्यो भने प्राप्त गर्न नसकिने कुरा केहि पनि हुँदैन। तर मुख्य कुरा त्यसको जग युवा अवस्थामै बसाउनु पर्छ। तपाईले पछिसम्म पनि जहाँ जहाँ सर्टिफिकेट देखाउनु पर्छ। एसइइको सर्टिफिकेट देखाउनु पर्छ, १२ को सर्टिफिकेट देखाउनु पर्छ, व्याचलरको सर्टिफिकेट देखाउनु पर्छ होला, तपाई म त भर्खर युवा हुँदै थिए त्यो बेला भनेर हुँदैन सर्टिफिकेट हेर्दा एसइइकै हेर्छ। अथवा १२ कै सर्टिैफिकेट हेर्छ अथवा ब्याचलरकै सर्टिफिकेट हेर्छ। त्यतिखेर त म १७÷१८ बर्षको मात्र थिए भनेर हुँदैन त्यहि सर्टिफिकेट हेर्छ।

त्यसको अर्थ के छ भन्दा खेरी त्यतिबेला कुन बाटो हामिले समाउँछौ कस्तो गर्छौं, त्यो कुरा चाँहि धेरै महत्वपूर्ण हुन्छ। र खास आकार लिने भनेको युवा अवस्थामै हो आकार लिने युवा अवस्थामा यदि ठूला–ठूला कामहरु गर्नुछ भने ठूल्ठूला काम गर्ने हरुले त्यसको त्यो काम या त युवा अवस्थामा गरेका हुन्छ बुढेसकालमा सगरमाथा चडन सकिँदैन। पहाड चढ्न सकिँदैन युवा अवस्थमै चढ्नु पर्छ। यो सगरमाथा चढ्ने पहाड चढ्ने कुरामा मात्र लागु हुँदैन अरु कुरा हरुमा पनि लागु हुन्छ। ताकतको कुरामा मात्र हैन अरु कुरामा पनि लागु हुन्छ। साहासको कुरामा पनि लागु हुन्छ। बुढौलीमा अलिकति प्रवृति के भने कम्परमाइजिङ टेन्डेन्सी बढ्छ। सिथिलता मान्छेहरुमा बढ्छ।

त्यस्ता प्रवृतिका अनेक लक्षण हुन्छन्। युवामा अलि कम्परमाइजिङ टेन्डेन्सी कम हुन्छ। यसको अर्थ अनुचित कुराहरुसँग कम्परमाइज गर्ने प्रवृति कम हुन्छ। अर्थात अनुचित कम्परमाइज गर्नेभन्दा अनुचितलाई उचितमा परिणत गर्ने प्रवृति बढ्ता हुन्छ। त्यो राम्रो हो यसको अर्थ जस्तो सुकै पनि संघर्ष गर्ने भनेको होइन। तर उचितका लागि कोसिस गर्नु पर्छ। हामिले हेर्यौ भने अलेक्जेण्डर द ग्रेइड ३१ बर्षमा मरेका थिए तर उनेले दुनिया हल्लाएर मर्या थिए। मोतिराम भट्ट ३१ बर्षमा मरेका थिए जसलाई हामी एउटा ठूलो कवि भन्छौ।

मोतिराम भट्ट उनि ३१ बर्षमा वितेका थिए। ठूला ठूला मान्छेहहरुले जसलाई हामि ठूला ठूला मान्छे भन्छौ उनिहरुले ठूला काम प्रायः युवा अवस्थामा गरेका छन् अथवा युवा अवस्थमा बनाएका जगबाट पछि उनिहरुले त्यस आधारबाट त्यस जगबाट माथि उठेका छन्हा। मिले दुनिया हल्लाउने दार्शनिकहरु माक्र्स, एंगेल्सको कुरा गर्दा उनिहरुले एउटा कम्युनिष्ट घोषण पत्र भन्ने किताव लेखे। त्यो एक जना २७ बर्षका थिए १ जना २९ बर्षका थिए। त्यस बेला लेखेको त्यस उमेरमा लेखेको ग्रन्थले अहिलेसम्म दुनियाका अनेका ठूला ठूला विद्यवानहरुका मस्तिष्कहरुलाई हल्लाएका छन्। समाजलाई हल्लाएको छ। समाज परिवर्तन गरेको छ।

अहिलेको समाज त्यहि पुस्तिकाको पक्ष विपक्षका चिन्तनका मन्थनका कुहाहरुमा अल्झिएको छ त्यसको पछाडी लतारिएको छ। त्यो २७ र २९ बर्षको उमेरमा गरेका थिए उनिहरुले, यस्ता थुप्रो कुराहरुचाहि उमेरमै मान्छेहरुले गरेका हुन्छन्। त्यसकारण समय सबैभन्दा महत्वपूर्ण छ र समयलाई खेर फाल्न हुँदैन समयलाई सदुपयोग गर्नुपर्छ हेर्दाहेर्दै समय घर्कि सकेको हुन्छ। त्यसकारण समयलाई घर्किन दिन भन्दा पहिले नै हामिले त्यसको सदुपयोग गर्यौं भने कुनै पनि गन्तव्य पार गर्न सकिन्छ। प्राप्त गर्न सकिन्छ।

मैले आफ्नो जिन्दगीमा आफैले हेरेको निरंकुश पञ्च्यायति तानाशाही थियो। निरंकुश राजतन्त्रात्मक प्रणालि थियो त्यस ठाँउबाट जहा आवाज उठाउने वित्तिकै समातेर जेल हालिन्थ्यो त्यस ठाँउबाट आउदै गएर हामिले गणतन्त्र ल्याउन सक्यौं संघीय लोकतान्त्रीक गणतन्त्र बनाउन सक्यौं जनतालाई सार्वभौंम सत्ता सम्पन्न बनाउन सक्यौं र अब देशलाई विकासको बाटो तिर अगाडि बढाउने अभियान अगाडि बढाएका छौ त्यो पनि हामि हासिल गर्न सक्छौ।

Leave a Reply

Your email address will not be published.

Back to top button