‘ट्वीन्स गर्ल’ प्रिज्मा र प्रिन्सी भन्छन् : हामी छुट्टिएर काम गर्दैनौं

काठमाडौं। टिकटक क्वीन जुम्ल्याहा दिदी–बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले आफूहरुले छुट्टिएर काम नगर्ने बताएका छन्।
सोमबार उनीहरुको नृत्य रहेको चलचित्र ‘लभ डायरीज’मा समावेश ‘छम छम’ बोलको गीत सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन्।
केही म्युजिक भिडियोमा संगै काम गरेका यी दिदीबहिनीले पहिलोपटक चलचित्रको गीतमा नृत्य गरेका हुन्। कार्यक्रममा उनीहरुले म्युजिक भिडियो जस्तै चलचित्रमा पनि आफूहरुले छुट्टिएर काम नगर्ने बताए। प्रिज्माले भनिन्, ‘हामी आएको दुईजना हो। दर्शकले हामीलाई रुचाउने नै दुई जनालाई हो। त्यसैले हामी चलचित्रमा पनि छुट्टिदैनौं।’
उनीहरुले चलचित्रको गीतमा पहिलोपटक नृत्य गरेका हुन्। चलचित्रमा अभिनेत्रीका रुपमा आउने सम्भावना कत्तिको छ ? सञ्चारकर्मीको प्रश्नमा उनीहरुले अभिनेत्रीको रुपमा आउने सोँच रहेपनि त्यो समयको हातमा रहेको बताए। ‘अभिनेत्री हुन धेरै क्वालिटी चाहिन्छ। अलिअलि डान्स आएर हुँदैन्। अभिनय राम्रो गर्न हुनुपर्छ । चलचित्रमा आउनुमात्र ठूलो कुरा होइन्, दर्शकले हामीबाट जुन अपेक्षा राख्नुभएको हुन्छ त्यो पूरा गर्न सक्नुपर्छ’–प्रिज्माले भनिन्।
प्रिन्सीले आफूहरुले पैसाको लागि मात्र कहिले पनि काम नगरेको बताईन्। आफूहरुलाई लागेको भाईरल ट्याग एसेप्ट गर्न नसक्ने उनी बताउँछिन्। भनिन्, –‘हामीलाई जुन ‘भाईरल कन्टेन्ट’को ट्याग लागेको छ। त्यो हामी एसेप्ट गर्नै सक्दैनौं। हामीले म्युजिक भिडियो गर्न थालेको पनि एक वर्ष भएको छ। हामीले पनि त संघर्ष गरेका छौं।’
उनीहरुले चलचित्रको गीतमा पहिलोपटक नृत्य गर्न पाउँदा खुःसी लागेको बताएका थिए।